Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित, श्रृङ्खलामा २–० को अग्रता

    दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित, श्रृङ्खलामा २–० को अग्रता

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 753
    SHARES

    एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ ।

    पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो ।



    जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।



    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार