Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’सँग टी–२० शृंखला खेल्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’सँग टी–२० शृंखला खेल्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 732
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जनाएको हो ।



    वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार