Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महेन्द्रनगर जग्गा प्रकरण : तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर, जग्गा जफत हुने

    महेन्द्रनगर जग्गा प्रकरण : तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर, जग्गा जफत हुने

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 711
    SHARES

    काठमाडौं । तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर भएका छन् ।

    विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार २७ प्रतिवादीमध्ये नगर विकास समितिका अध्यक्ष गोपाल रसाइली, पल्टु राना र पुस्कल चौधरीसहित पाँचलाई भ्रष्टाचारी ठहर गरेको हो । यस्तै अदालतले जग्गा जसका नाममा छ, त्यो जफत हुने फैसला समेत गरेको छ ।



    नगर विकास समितिका तत्कालीन अध्यक्षहरूमध्ये रसाइलीलाई दुई लाख ८३ हजार ३३३ रुपैयाँ, रानालाई १२ लाख ६४ हजार र चौधरीलाई तीन लाख ७४ हजार ८०० रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ । तीनै अध्यक्षलाई समान दुई वर्ष कैद हुने फैसला गरिएको छ ।



    यस्तै, तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरी, नायब सुब्बा पुष्पराज भट्ट र नगर विकास समितिका तत्कालीन अमिन तुलादत्त जोशीलाई पनि दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही डेढ वर्ष कैद सजाय हुने फैसला विशेषले गरेको छ ।

    जोशी र भट्टलाई समान १५ लाख ४७ हजार ३३३ रुपैयाँ जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।

    महेन्द्रनगर नगर विकास समितिका नाममा रहेको सरकारी जग्गा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ कात्तिक २ गते २७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार