Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सुनिलकुमार दोषी ठहर

    गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सुनिलकुमार दोषी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ ।

    विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालासले मंगलबार सिंहलाई दोषी ठहर गरेको हो ।



    सिंहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगाएको पाइएको अदालतले जनाएको छ ।



    सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मिना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

    सिंहले सम्पत्तिको स्रोत लुकाउनका लागि मीना कार्कीको नामबाट कारोबार गरेको पाइएको छ । कार्कीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार