Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिने जनप्रतिनिधिलाई १ वर्ष कैद

    सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिने जनप्रतिनिधिलाई १ वर्ष कैद

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको आरोपमा तत्कालीन जनप्रतिनिधिमाथि कैद सजाय सुनाइएको छ।

    तत्कालीन सराङकोट गाविसका जनप्रतिनिधिहरूले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन तथा दर्ताका लागि सिफारिस दिएको विशेष अदालतको ठहर छ।



    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले त्यस समयमा जनप्रतिनिधि रहेका पाँचै जनालाई दोषी ठहर गरेको हो ।



    उनीहरूले सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेला बोलाएर व्यक्तिलाई दिएका थिए । त्यसबेलाका गाविस अध्यक्षहरू मोदनाथ रेग्मी र झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई दोषी ठहर गरिएको हो ।

    उक्त मुद्दामा अख्तियारले मिहिन रूपमा अनुसन्धान गरेको थियो । अख्तियारको दाबीलाई विशेष अदालतले सदर गरेको हो । उनीहरूलाई जनही १ वर्ष कैद र १ लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको अदालतले जनाएको छ ।

    तर सबै जना ज्येष्ठ नागरिक भएकोले सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषले भनेको छ । गुरुङलाई ७० प्रतिशत र अरूलाई ७५ प्रतिशत छुट दिन भनिएको हो ।

    एक वर्ष कैदमा ७० प्रतिशत छुट दिँदा ३ महिना १८ दिन र ७५ प्रतिशत सजायमा छुट दिँदै ३ महिनाका दरले कैदमा राख्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार