Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता

    इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 525
    SHARES

    इलाम । इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतले अग्रता लिएका छन्।

    एमाले उम्मेदवार नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन्।एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्।



    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार ५७० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्।



    इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ।

    देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मत गणना भएको छ।

    १ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार