Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बझाङमा एकीकृत समाजवादीको जमानत जफत

    बझाङमा एकीकृत समाजवादीको जमानत जफत

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 1.1K
    SHARES

    बझाङ । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को जमानत जफत भएको छ ।

    एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।



    जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने थियो तर उनले कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए ।



    निर्वाचनमा पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले भने जमानत जोगाएका छन् । उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

    यस्तै कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार