Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इलाम-२ मा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै, कति ल्याए मत ?

    इलाम-२ मा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै, कति ल्याए मत ?

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 615
    SHARES

    इलाम। इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् ।

    आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् ।



    दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।



    ४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् ।

    दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ । हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।

    हालसम्म एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत पाएका छन् । उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङ भन्दा धेरै पछि रहेका खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

    दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ । खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । आधा मतसंख्या गणना हुँदा कांग्रेस र स्वतन्त्र उम्मदेवारको मतान्तर १ हजार ७३२ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार