Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इलाममा रास्वपा उम्मेदवार मिलनसहित १६ जनाको जमानत जफत

    इलाममा रास्वपा उम्मेदवार मिलनसहित १६ जनाको जमानत जफत

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 843
    SHARES

    इलाम । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको जमानत जफत भएको छ ।

    रास्वपा उम्मेदवार लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको जमानत जफत भएको हो ।



    आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।



    इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो ।

    रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए ।

    तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत ल्याए । यी तीनबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार