Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै, ६ हजार ५०७ मतान्तर !

    इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै, ६ हजार ५०७ मतान्तर !

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 750
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ६९७ मत पाएका छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १३ हजार १९० मत पाएका छन् । उनीहरूबीच ६ हजार ५०७ मतान्तर छ ।



    तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ३ हजार ३२३ मत पाएका छन् ।



    गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार