Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङ १ (क) : एमालेका भण्डारीलाई ३४२ मतको अग्रता

    बझाङ १ (क) : एमालेका भण्डारीलाई ३४२ मतको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 288
    SHARES

    धनगढी । बझाङ प्रदेश सभा १ (क) मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

    अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।



    निर्वाचन आयोगका अनुसार भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् ।



    तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार