Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

    बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 435
    SHARES

    बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

    मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।



    लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरेका छन् ।



    साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार