Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गोली हानेर पक्राउ गरिएका भारतीय नागरिक बब्लुको साथबाट खैरो हेरोइन र गाँजा बरामद

    गोली हानेर पक्राउ गरिएका भारतीय नागरिक बब्लुको साथबाट खैरो हेरोइन र गाँजा बरामद

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 501
    SHARES

    काठमाडौं । गएराति पर्सा प्रहरीको गोली प्रहार गरी पक्राउ गरेका भारतीय नागरिक बब्लु पासवानको साथबाट एउटा पेस्तोलसँगै अवैध लागूऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरेर उनको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, ४९ ग्राम खैरो हेरोइन र ८८० ग्राम गाँजा बरामद भएको जनाएको हो ।



    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा उनी नेपालतर्फ आउँदै गरेको सूचना पाएपछि प्रहरीले वीरगञ्ज–१६, भुटनदेवी मन्दिर अगाडि सडकमा चेकपोइन्ट राखेको थियो ।



    त्यसक्रममा प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल बताउँछन् । उनका अनुसार बायाँ खुट्टाको घुँडामुनि गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार पासवान ३ असोज २०७९ मा गोठाटारमा भएको व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्नलाई परिचालन गर्ने व्यक्तिमध्येका एक हुन् । उनले रक्सौलबाट हतियार दिएर दुई जना युवकलाई काठमाडौं पठाएका थिए ।

    काठमाडौंमा आएर तिनले बब्लुले भने अनुसारका सुटरलाई हतियार दिएका थिए । उनी १३ जेठ २०७३ मा भएको सुरेश केडियाको अपहरणमा पनि जोडिएका व्यक्ति हुन् । सीमा क्षेत्रमा बसेर उनले पर्सासहित तराईका जिल्लामा अपहरणको धन्दा चलाउने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

    उनले नेपालमा साना हतियार र अवैध लागूऔषध भित्र्याउने कामसमेत गर्ने गरेको पर्सा प्रहरी बताउँछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार