Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जीवितै रहेका पतिको मृत्यु दर्ता गरेर भत्ता बुझ्ने पत्नीलाई ३ महिना जेल, वडासचिव पनि दोषी

    जीवितै रहेका पतिको मृत्यु दर्ता गरेर भत्ता बुझ्ने पत्नीलाई ३ महिना जेल, वडासचिव पनि दोषी

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 819
    SHARES

    काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

    रामेछापको मन्थली नगरपालिका-३ बस्ने रामबाबु खत्रीको मृत्यु दर्ता गराएर करिब १२ महिनासम्मको एकल महिला भत्ता खाएको प्रकरणमा निर्मला खत्री दोषी ठहर भएकी हुन् ।



    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो ।



    उनीहरु दुवै जनालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । तत्कालीन वडा सचिव महतोले २०७८ साल भदौ २१ गते नै एकल महिला भत्ताको परिचयपत्र त्यही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए ।

    निर्मलाले गत वर्षको माघ महिनासम्म गरी कुल १५ महिनाको मासिक २ हजार ६६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन् ।

    निर्मलाका पति जीवितै रहे पनि उनले एकल महिला भत्ता लिइरहेको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार