Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध कप्तान पौडेलले बनाए अर्धशतक

    वेस्टइन्डिजविरुद्ध कप्तान पौडेलले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरुद्धको चौथो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

    रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।



    उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।



    शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो ।

    दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार