Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्यानडाका लागि नेपाली राजदूत पौड्यालले बुझाए ओहदाको प्रमाणपत्र

    क्यानडाका लागि नेपाली राजदूत पौड्यालले बुझाए ओहदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 219
    SHARES

    काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

    ओटावामा आयोजित कार्यक्रममा पौड्यालले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे। मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।



    नेपाली दूतावास ओटावाका अनुसार उक्त अवसरमा राजदूत पौड्यालले सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश सुनाएका थिए ।



    साथै, सोही अवसरमा राजदूत पौड्यालले दुई मुलुकबीचको सम्बन्धको बारेमा पनि कुराकानी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार