Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल ‘ए’लाई ४ विकेटले पराजित गर्दै क्यानडाले जित्याे सिरिज

    नेपाल ‘ए’लाई ४ विकेटले पराजित गर्दै क्यानडाले जित्याे सिरिज

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 441
    SHARES

    काठमाडौं । क्यानडाले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ ।

    तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।



    सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।



    ७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए ।

    त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए ।

    तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे ।

    नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो ।

    यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार