Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

    क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 987
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

    मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।



    कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।



    १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

    यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

    बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २/२, बसिर अहमद र सागर ढकालले १/१ विकेट लिएका थिए । यो जितसँगै तीन खेलको शृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । यसअघि नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो । अन्तिम तथा शृंखला निर्णायक खेल बिहीबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार