Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल`ए´

    क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल`ए´

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 504
    SHARES

    काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    बिहीबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर क्यानडाका कप्तान साद बिन जफरले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए ।



    तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो । उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन् ।



    यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

    नेपाली प्लेइङ–११
    सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर), बसिर अहेमद, आशुतोष घिरैया, हेमन्त धामी, प्रतिश जिसी, राशिद खान, सुजन थपलिया, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार