Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

    आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 426
    SHARES

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ ।

    पर्यटन राजधानी पोखराको उडान आजबाट सुचारु भएको हो । विगत एक सातादेखि कम भिजिबिलिटीका कारण उडानहरू निकै प्रभावित भएको थियो ।



    २५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान एक सातापछि आज बिहानदेखि सञ्चालन भएको छ । काठमाडौंदेखि पोखराको उडान दैनिक १७ रहेको बुद्ध एयरले जनाएको छ ।



    साथै पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सीधा उडान रहेको छ । २५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले सात उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् ।

    २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् । मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि पाँच उडान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार