Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक खेलअगावै नेपालले गुमायो वेस्टइन्डिजसँगको टी–२० श्रृंखला

    एक खेलअगावै नेपालले गुमायो वेस्टइन्डिजसँगको टी–२० श्रृंखला

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 375
    SHARES

    काठमाडौं । नेपालले वेस्टइन्डिजसँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ ।

    पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको हो । चौथो खेलमा नेपाल वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ ।



    पहिलो खेल नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३-१ को अग्रता लिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १८१ रनमा अलआउट भयो।



    खेलमा नेपालका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गरे। यसअघि पहिलो खेलमा शतक (११२ रन) र दोस्रो खेलमा अर्धशतक (७१) प्रहार गरेका रोहितले वेस्ट इन्डिजविरूद्ध खेल्दा लगातार तीन खेलमा ५० रन माथिको स्कोर गरेका हुन्।

    रोहितले ५४ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ८४ रन जोडे। १४औं ओभरमा हेडन वाल्सको बलमा म्याथ्यु फोर्डबाट क्याच भएपछि नेपालमाथि दबाब थपिएको थियो। रोहित आउट भएपछि दीपेन्द्रसिंह ऐरी र गुल्सन झा १९-१९ रन जोडेर आउट भए।

    प्रतिश जिसी पनि डक आउट भए। अन्तिम बल बाँकी छदा आउट भएका सोमपाल कामीले १० रन र अभिनास बोहराले नटआउट १७ रन जोडे। त्यसअघि खेलमा दुवै ओपनरले खराब ब्याटिङ गरे।

    आसिफ शेख पहिलो ओभरमा शून्यमा बोल्ड भए भने कुशल भुर्तेलले ५ बलमा १ रन मात्र जोड्न सके। आसिफलाई म्याथ्यु फोर्डले बोल्ड गर्दा कुशल फाबियन एलनबाट पाँचौं ओभरमा बोल्ड भए।

    पाँचौं ओभरमा कुशल मल्ल पनि ४ रनमा क्याच भए। यस्तै सन्दीप जोरा १९ रनमा हेडन वाल्सको बलमा क्याच गरे। बलिङमा वेस्ट इन्डिजका ओबेड म्याक्वे र हेडन वाल्सले ३-३ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार