Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरूद्ध नेपालको खराब शुरूवात, ५ ओभर नसकिँदै तेस्रो विकेट गुमायो

    वेस्टइन्डिजविरूद्ध नेपालको खराब शुरूवात, ५ ओभर नसकिँदै तेस्रो विकेट गुमायो

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । वेस्टइन्डिजसँगको चौथो टी-२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

    पाँचौँ ओभरमा नेपालले कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको हो । एकै ओभरमा दुई विकेट गुमाएपछि थप दबाबमा परेको छ।



    पाँचौँ ‌ओभरको पहिलो बलमा कुशल भुर्तेल र पाँचौँ बलमा कुशल मल्ल आउट भए।



    भुर्तेलले चार बलमा एक रन जोडे भने मल्लले ४ बलमा ४ रन बनाए। नेपालले ५ ओभरमा ३ विकेट गुमाएर ३१ रन जोडेको छ।

    नेपालले रन नजोड्दै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो।

    आसिफलाई म्याथ्यु फोर्डले बोल्ड गर्दा कुशल फाबियन एलनबाट पाँचौं ओभरमा बोल्ड भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार