Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वाधारमन्त्री महासेठलाई सांसद सापकोटाको प्रश्न – ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो ?

    पूर्वाधारमन्त्री महासेठलाई सांसद सापकोटाको प्रश्न – ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो ?

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 342
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो प्रश्न गरेका हुन् ।



    सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधारमन्त्री महासेठको ध्यानाकर्षण गराए।



    उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको बताए ।

    सांसद सापकोटाले अरनिको राजमार्ग स्तरोन्नती गर्न ध्यानाकर्षण गराए । यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार