Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध ८२ रन बनाएर आउट भए रोहित

    वेस्टइन्डिजविरुद्ध ८२ रन बनाएर आउट भए रोहित

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 384
    SHARES

    काठमाडौं । चौथो टी–२० क्रिकेटमा वेस्टइन्डिजले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकेट गुमाएको छ ।

    नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । पेभेलियन फर्किनुअघि उनले उत्कृष्ट अर्धशतकीय पाली खेले ।



    उनले ८२ रन बनाए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले फोर्डद्वारा क्याच गराएका हुन् ।



    रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए ।

    वेस्ट इन्डिजविरुद्धको जारी शृंखलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शृंखलाको पहिलो खेलमा उनले शतक बनाएका थिए ।

    उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

    १३.३ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय २४ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार