Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै साथीले हानेको गोली लागेर गस्तीमा गएका सैनिक घाइते

    आफ्नै साथीले हानेको गोली लागेर गस्तीमा गएका सैनिक घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 576
    SHARES

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको नेपाली सेनाको टोलीका एक सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् ।

    गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई नै लागेपछि उनी घाइते भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो ।



    हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार