Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गोली हानेर गैँडा मार्ने बोहोरा ३ वर्षपछि पक्राउ

    गोली हानेर गैँडा मार्ने बोहोरा ३ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    चितवन। चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मारेर खाग लगेको अभियोग लागेको एक जना तीन वर्षपछि पक्राउ परेका छन्।

    गैंडालाई मारेर खाग लगेको अभियोग लागेका चितवनको राप्ती नगरपालिका-६ का खेसरबहादुर बोहोरालाई हेटौंडा-२ चौकीटोलबाट माघ ९ गते पक्राउ गरिएको हो।



    विषेश सूचनाको आधारमा नेपाली सेनाको विषेश टोली तथा निकुञ्ज सुरक्षार्थ बसेको खड्क दलको सेनाको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेश गरेको छ ।



    बोहरासहितको टोलीले २०७६ भदौं ३१ गते निकुञ्जको अमलटारी क्षेत्रको बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा बयष्क भाले गैंडा मारेर खाग लगेको तथा २०७७ कार्तिक २२ गते दिउँसो २ बजे भोसरघाटको आइल्याण्ड क्षेत्रमा एक गैंडालाई गोली हानेर मारेर खाग काटेर लगेको अभियोग लागेको छ ।

    उक्त घटनामा २४ जना व्‍यक्तिलाई निकुञ्जले प्रतिवादी बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार