Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकसिंगे गैंडा मारेको आरोपमा २५ वर्षपछि चार जना पक्राउ

    एकसिंगे गैंडा मारेको आरोपमा २५ वर्षपछि चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा  एकसिंगे गैंडा मारेको आरोपमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।

    गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर बानियाँ र यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् ।



    चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा कार्की र क्षेत्रीलाई र बानियाँलाई पक्राउ गरेको हो।



    उनीहरुले २०५५ कात्तिकमा निकुञ्जको अमृते पोष्टदेखि करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक गैंडालाई खाल्डोमा पारेर मारेको निकुञ्जले फैसला गरेको थियो ।

    चितवन निकुञ्ज कार्यालयले उनीहरु विरुद्ध २०५७ माघ २५ गते नै दोषी ठहर गरी सजाय सुनाएको थियो ।

    पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार