Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

    चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 312
    SHARES

    फाइल तस्विर

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।

    हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीको मृत्यु भएको हो ।



    गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए । रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    रेग्मीसँगै निकुञ्ज घुम्न गएका पर्यटक भने सकुशल छन् । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार