Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासको यथावत

    घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासको यथावत

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 543
    SHARES

    काठमाडौं । सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ।

    बुधबारबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।



    भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ ।



    डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ।

    यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।

    यसैगरी हवाई यन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार