Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आयल निगमले थाल्यो रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण

    आयल निगमले थाल्यो रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 237
    SHARES

    भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको छ ।

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको हो ।



    ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा आज उक्त कार्यको शुभारम्भ गरे ।



    रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

    सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ। निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।

    करिब तीन अर्ब लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको आयल निगमले जनाएको छ ।

    सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिनेछ ।

    भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार