Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आयल निगमले बढायो पेट्रोलको भाउ, अन्यको मूल्य के भयो ?

    आयल निगमले बढायो पेट्रोलको भाउ, अन्यको मूल्य के भयो ?

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

    आइतबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।



    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य नुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ ।



    डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार