Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

    नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    पर्सा । प्रहरीले पर्साको विरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पर्सा प्रहरीले भारतको पश्चिमी चम्पारण बेतिया भावल पन्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुनलाई पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट १ हजार दरका एक सय २३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुमाथी अनुसन्धान भइरहेको छ।



    वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार