Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

    वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 273
    SHARES

    पर्सा । पर्साको वीरगञ्जस्थित अलौमा आज बिहान आगलागी हुँदा सात घर जलेका छन् ।

    वीरगञ्ज महानगरका १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।



    घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको जनाएको छ।



    आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार बराबरको क्षति भएको छ। सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् ।

    आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।

    पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

    सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार बराबरको क्षति भएको छ । यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार