Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगलागी प्रभावित तीन गाउँपालिकालाई काठमाडौं महानगरद्वारा १०-१० लाख सहयोग

    आगलागी प्रभावित तीन गाउँपालिकालाई काठमाडौं महानगरद्वारा १०-१० लाख सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।

    महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दस/दस लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।



    महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको साहको सचिवालयले जनाएको छ।



    गत वैशाख १६ गते राजपुर गाउँपालिका-७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए। यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए।

    कामपाले यस अघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार