Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिक पक्राउ

    यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    पर्सा । सार्वजनिक बसमा यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगावका अखिलेश कुमार साह छन् ।



    उनलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।



    उनले बुधबार नारायणघाटबाट वीरगन्जतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउपालिका-८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस् पारी उनीसँग रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी फरार भएका थिए।

    प्रहरीले खोजतलासको क्रममा वीरगन्ज महानगरपालिका–१६ भानुचोकबाट बुधबारनै साहलाई पक्राउ गरेको थियो ।

    साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइल समेत बरामद भएको थियो ।

    प्रहरीले साहलाई शुक्रबार सार्वजनिक गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार