Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इलाम-२ उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ ७८० मतान्तरले अगाडि

    इलाम-२ उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ ७८० मतान्तरले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 549
    SHARES

    इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

    अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४, र ६ को मतगणना सकिँदा उनले ३ हजार २४९ मत ल्याएका हुन् । यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार ४६९ मत ल्याए ।



    यस आधारमा सुहाङ ७८० मतान्तरले अगाडि छन् । अहिलेसम्म स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ७०३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ४३४ मत पाएका छन् ।



    अहिलेसम्म ७०४३ जम्मा मत गणना भएको र त्यसमा ७९ मत बदर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार