Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १२ केजी चरेससहित दुई जना पक्राउ

    १२ केजी चरेससहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 597
    SHARES

    पर्सा । पर्सा प्रहरीले वीरगन्जको नारायणी गेष्ट हाउसबाट दुई जनालाई १२ केजी २ सय ४० ग्राम चरेस सहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका –८ का सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने आरिफ राजा रहेका छन् ।



    सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको हो ।



    शुक्रबार वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोक अगाडिको सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

    आलम सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्ज तर्फ आइरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार