Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कटुवा पेस्तोलसहित पर्साबाट दुई जना पक्राउ

    कटुवा पेस्तोलसहित पर्साबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 564
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोलसहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षिय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षिय शिवपुजन मुखिया छन् ।



    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार गिरीको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो ।



    उनले लगाएको कालो रंङको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध कटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

    गिरी र मोटरसाइकलमा पछाडी सवार मुखिया समेतलाई नियन्त्रणमा लिएर उनीहरु विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार