Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, भण्डारी ९ मतले अगाडि

    बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, भण्डारी ९ मतले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 414
    SHARES

    बझाङ । बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

    मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा पुगेको हो ।



    सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार भण्डारीले तोडेका छन् । उनी ९ मतले अगाडि रहेका छन् ।



    भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन्।

    यस्तै माओवादीका जनक बुढाले ३ हजार ६ सय ६३ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ हजार २ सय १८ मत गनिसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार