Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इलाम-२ मा मतान्तर फराकिलो बनाउँदै सुहाङ, कटाए १० हजार मत

    इलाम-२ मा मतान्तर फराकिलो बनाउँदै सुहाङ, कटाए १० हजार मत

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 432
    SHARES

    इलाम । इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन्।

    सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा २ हजार ८५३ मतले अगाडि छन्।



    सुहाङले ९ हजार ४८४ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मतसहित पछ्याइरहेका छन्।



    पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ०५१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।

    इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार