Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङमा कांग्रेस उम्मेदवार सिंहसँग दमनले घटाए मतान्तर

    बझाङमा कांग्रेस उम्मेदवार सिंहसँग दमनले घटाए मतान्तर

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 495
    SHARES

    बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

    सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका हुन् ।



    तर, एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन्। पछिल्लो परिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् ।



    उनीहरूबीचको मतान्तर ८३ मात्रै छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् ।

    राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन् । यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार