Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वीरगन्जबाट हुन्डी कारोबामा संलग्न चार जना पक्राउ

    वीरगन्जबाट हुन्डी कारोबामा संलग्न चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 462
    SHARES

    वीरगन्ज । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेका चार जनालाई नगदसहित वीरगन्जको आदर्शनगरबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कुनालकुमार जैसवाल, वीरगन्ज २२ का वीरेन्द्र साह तेली, वडा नम्बर २० की रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका-६ निवासी मितुकुमार कुर्मी रहेका छन् ।



    विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित कुनालकुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकको १३ थान चेकबुक, विभिन्न मितिमा काटिएका ६६ थान चेक, नबिल बैंकमा बिहीबार जम्मा भएको ४ लाख ५९ हजार, एनआईसी एसिया बैंकमा जम्मा भएको ८ लाख ३ हजार, राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १८ लाख ५० हजार रुपैयाँ भरेको डिपोजिट स्लिप बरामद गरेको हो ।



    पर्सा प्रहरीका अनुसार ४ लाख ३ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । उनीहरुलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार