Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रिसिइबी साँध्न छिमेकीकी छोरीको हत्या, सिराहाबाट आमाछोरी नै पक्राउ

    रिसिइबी साँध्न छिमेकीकी छोरीको हत्या, सिराहाबाट आमाछोरी नै पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 252
    SHARES

    सिराहा। सिराहा छिमेकीकी तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् ।



    सोनावतीकी श्रीमान् धनिकलाल यादव भने फरार छन् । छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।



    गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

    खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

    मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार