Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

    घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 870
    SHARES

    फाइल तस्विर

    सिराहा । सिराहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।



    स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।



    धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

    राती अबेर अनिताको श्रीमान् महेन्द्र आत्तिएर बाहिर आएको थाहा पाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए ।

    साह आत्तिएर बेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्‍याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। घटनामा श्रीमान् शङ्काको घेरामा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार