Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • छोराको हत्या आरोपमा आमा पक्राउ

    छोराको हत्या आरोपमा आमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    सिराहा । सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

    सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो।



    गत मंगलबार बिहानदेखि ५ वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्।



    छिमेकीले खोजी गर्दा बालक भेटिएका थिएनन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

    प्रहरीले खोजी गर्दा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार