Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हतियार देखाएर मनि ट्रान्सफरको १५ लाख लुटियो

    हतियार देखाएर मनि ट्रान्सफरको १५ लाख लुटियो

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 930
    SHARES

    फाइल फोटो

    सिराहा । सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरमा लुटपाट भएको छ।

    विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।



    भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍.९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।



    लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार