Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित सिराहाबाट दुई जना पक्राउ

    ब्राउन सुगरसहित सिराहाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 546
    SHARES

    संकेतिक तस्विर

    सिराहा । प्रहरीले सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

    ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिराहाका प्रहरीले जनाएको छ ।



    शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलीले नियन्त्रणमा लिएको थियो ।

    दुबैजनामाथि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई इलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार