Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जन्मकैद सजाय पाएका इब्राहिम पाँच वर्षपछि पक्राउ

    जन्मकैद सजाय पाएका इब्राहिम पाँच वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 738
    SHARES

    सिराहा। सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

    सिराहाको कल्याणपुर नगरपालिका१२ बेल्हा बस्ने वर्ष ५६ का इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो।



    खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।



    फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।

    अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार