Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • हामी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

    हामी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 339
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने स्पष्ट पारेका हुन् ।



    उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरे ।



    अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ।’

    अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए ।

    त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए । अध्यक्ष नेपालले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार