Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३० हजार घुससहित मालपोत कार्यालय कपिलवस्तुका सुब्बा पक्राउ

    ३० हजार घुससहित मालपोत कार्यालय कपिलवस्तुका सुब्बा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बालाई ३० हजार नगद घुस सहित पक्राउ गरेको छ।

    कार्यालयका नायब सुब्बा नरहरी आचार्यलाई अख्तियारको टोलीले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै घुस लिँदालिँदै पक्राउ गरेको हो।



    नायब सुब्बा आचार्यले सेवाग्राहीबाट नगद ३० हजार रुपैयाँ घुस मागेका थिए ।



    तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट उनलाई पक्राउ गरिएको हो।

    अख्तियार टोलीले अन्य कागजी प्रक्रियाको काम अघि बढाइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार